रौतहट ३ मा प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन
काठमाडौं । रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गरेको छ । गठबन्धनले आज(शुक्रबार) सार्वजनिक गरेको आधिकारिक उम्मेदवारको सूचीमा साहको नाम समावेश गरेसँगै उनले गठबन्धनको समर्थन प्राप्त गरेका हुन् ।
साहलाई समर्थन गर्ने निर्णय गर्दै गठबन्धनबाट उम्मेदवारी दिएका माओवादीका उम्मेदवार धिरज पटेलको उम्मेदवारी केन्द्रबाटै निष्क्रिय पारिएको छ ।
एमालेको टिकट होल्ड गरी अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दिएका साह पूर्वमाओवादी नेता हुन् । सर्वोच्च अदालतकाे २०७७ फागुन २३ गतेकाे आदेशबाट तत्कालीन नेकपाका एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किए पनि उनी एमालेमै रहेका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment