राजनीतिक व्यवसाय होइन, सेवा होः मन्त्री कार्की

डिसी नेपाल
१२ कार्तिक २०७९ २०:४४
4
Shares

सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिक व्यवसाय नभई सेवा भएको बताएका छन् । नेपाल विद्यार्थी सङ्घ सुनसरी क्षेत्र नं ४ ले आज कोसी गाउँपालिका–१ स्थित लौकहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्त।क्रियामा उनले आफू सेवाभावका साथ राजनीतिकमा लागेको स्पष्ट पारे । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत संहालेका मन्त्री कार्कीले देश निर्माणका लागि दक्ष जनशक्ति, कानुनी शासन, सुशासन, योग्य प्रशासन, इञ्जीनियर आवश्यक भएको बताए ।

मङ्सिर ४ गते हुने निर्वाचनको माध्यमबाट दिगो लोकतन्त्र, संविधानको रक्षा गर्न, मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै देशलाई १० वर्षभित्रमा दक्षिण एसियाको धनी देशका रूपमा विकसित गर्नका लागि यो निर्वाचन फलदायी हुने सरकारका उनले विश्वास व्यक्त गरे । अहिलेको आवश्यकता मुलुकको स्थायित्व, दिगो आर्थिक विकास, दिगो शान्ति र समृद्धि भएको बताउनुहुँदै सरकारका प्रवक्ता कार्कीले अहिलेको निर्वाचनले देशलाई सही दिशानिर्देश गर्ने विश्वास व्यक्त गरे ।

लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं ४ का प्रतिनिधिसभातर्फका उम्मेदवारसमेत रहेका मन्त्री कार्कीले कुनै जात, धर्म, भाषाका अधारमा प्रतिनिधिलाई चयन गरेको खण्डमा कदापि देश अगाडि बढ्न नसक्ने बताउनुभयो । उनले आफ्नो कुनै दलको व्यक्तिसँग प्रतिस्पर्धा नभएको दाबीसमेत गरे।

यस क्षेत्रमा रहेका विभिन्न समस्या समाधान गर्नका लागि आफूले सक्दो सहयोग र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री कार्कीले मोबाइल नेटवर्कको समस्या रहेको जनगुनासो आएकाले टावर निर्माणका लागि बोलपत्र अह्वान भइसकेकाले त्यो समस्या छिट्टै समाधान हुने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.