गुहेश्वरी मर्चेन्टको पहिलो त्रैमास : खुद नाफासंगै घट्यो प्रतिशेयर आम्दानी

डिसी नेपाल
१३ कार्तिक २०७९ १०:५२
44
Shares

काठमाडौँ। गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले २२ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ।  यो नाफा अघिल्लो वर्षको यहि अवधिको तुलनामा ८५.५७ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालक मुनाफा घटेको छ।  गत वर्षको यहि अवधिमा ५ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनी यो अवधिमा ३४.१६ प्रतिशतले बढाएर ६ करोड ७४ लाख रुपैयाँ पुर्याएको छ।  समिक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ८७.५५ प्रतिशतले घटेर २५ लाख ५१ हजार रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष वर्षको यहि अवधिमा  कम्पनीको सञ्चालन मुनाफा २ करोड ४ रुपैयाँ रहेको थियो।

कम्पनीको पहिलो त्रैमासमा कम्पनीले ६ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। चुक्तापुँजी ९५ करोड ४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार २६.२२ प्रतिशतले घटेर २८ करोड ४० लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष रिजर्भमा ३८ करोड ४९ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको खराब कर्जाको अनुपात २.८१ प्रतिशत पुगेको छ। कम्पनीको सीडी रेसियो ८४.६७ प्रतिशत रहेको कम्पनीको आधारदर १३.१७ प्रतिशत छ।

कम्पनीको खुद नाफा घटेसंगै प्रति सेयर आम्दानी पनि घटेको छ। कम्पनीको प्रतिसेयर आम्दानी  ०.९६ रुपैयाँले घटेर ६.३३ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस ७.२९ रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १२६.४५ रुपैयाँ रहेको विवरणमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.