एकैदिन १ हजारले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
१३ कार्तिक २०७९ ११:०९
236
Shares

काठमाडौँ। तिहार सकिएसँगै नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार रुपैयाँले घटेर प्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको छ। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार सय १५ रुपैयाँ रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.