गोर्खाज फाइनान्सको नाफा शतप्रतिशत बढ्यो
काठमाडौँ। गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिसम्म आइपुग्दा फाइनान्सले ३ करोड ३३ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको यसैअवधिको भन्दा १०१.०५ प्रतिशतले धेरै हो। गत वर्षको यही अवधिमा फाइनान्सले १ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यसअवधिमा सञ्चालन नाफा पनि ७६.१९ प्रतिशत ले बढेर ४ करोड ८५ लाख रुपैयाँ पुगेको छ। गत वर्ष उक्त नाफा २ करोड ७५ लाख रुपैयाँ रहेको थियो।
खुद ब्याज आम्दानी भने ३१७४.४९ प्रतिशत ले बढेर ८ करोड ११ लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढ्नाले यसको खुद नाफामा आकर्षक वृद्धि भएको हो। साथै, फाइनान्सको इम्पेयरमेन्ट चार्ज गत वर्षको तुलनामा घटेको छ। जसले गर्दा नाफामा बढ्नमा सहयोग पुगेको देखिन्छ। फाइनान्सको वितरणयोग्य नाफा ३२ लाख ९८ हजार रुपैयाँ ऋणात्मक रहेको छ।
गोर्खाजको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ छ। जगेडा कोषमा ७२ करोड ७३ लाख रुपैयाँ जम्मा रहेको छ। असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७१ पैसाले बढेर १५ रुपैयाँ ३५ पैसा कायम भएको छ। गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६४ पैसा रहेको थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ६७ पैसा छ। यसको निष्कृय कर्जा अनुपात घटेर ७.४२ प्रतिशत कायम भएको छ।







डिसी नेपाल







Facebook Comment