आफ्नो क्रशलाई इम्प्रेस गर्न चाहनुहुन्छ ? गुलाबको फूल दिनुको सट्टा गर्नुहोस् यी ४ काम

डिसी नेपाल
१३ कार्तिक २०७९ १४:५०
584
Shares

काठमाडौं । प्रेम एक सुन्दर भावना हो जसले व्यक्तिको जीवनको अर्थ परिवर्तन गर्न सक्छ। भनिन्छ नी, पहिलो नजरमा पनि माया हुन सक्छ, त्यसपछि मान्छेले चाहान्छ कि त्यो मान्छे पनि उसँग धेरै माया गरोस्। तर यो गर्न सजिलो छैन, किनकि आफ्नो क्रशलाई प्रभावित गर्न, गुलाब दिन पर्याप्त छैन । यसका लागि धेरै आवश्यक कदमहरू चाल्नु पर्छ। आफ्नो क्रश मन जित्न यसो गर्न सक्नुहुनेछ ।

आफ्नो क्रशको ख्याल राख्नुहोस्– कसैको मनमा यति सजिलै ठाउँ बनाउन धेरै नै गाह्रो हुन्छ । यसका लागि धेरै पापड बेल्नु पर्ने हुन्छ । उनीहरुको मन जित्नलाई सुरुमा तिनीहरूको हेरचाह गर्नुहोस्, ख्याल राख्नुहोस्।

उनीहरु प्रति सधैं ख्याल राख्नु भयो भने विस्तारै उनीहरुको मनमा ठाउँ बनाउँदै जानुहुनेछ । सम्बन्धलाई अगाडी बढाउन केही सजिलो हुँदै जान्छ। केही प्रश्नहरू नोट गर्नुहोस्। जस्तै ुखाना खानु भयो कि छैन, तिमी राम्रोसंग घर पुग्यौ कि छैन, कहिले कस्तो छ ? संञ्चो छ छैन ?, यस्ता कुराहरु सोध्ने गर्नुहोस् ।

गुणस्तर समय खर्च गर्नुहोस्– जहिले पनि मौका पाउनुहुन्छ, आफ्नो क्रशसँग खुशीका पलहरू बिताउन नबिर्सनुहोस्। किनकि यी कुराले सम्बन्धमा धेरै नै फरक पर्ने गर्दछ । यदि तपाईं कलेजमा हुनुहुन्छ भने, क्यान्टिनमा सँगै खाने प्रयास गर्नुहोस्। यदि दुबैको घर जाने र जाने बाटो एउटै छ भने क्याब, अटो, बाइक, कार, मेट्रो वा लोकल ट्रेनमा सँगै यात्रा गर्नुहोस्। यसो गर्नाले दुबै बिचको बन्धन बलियो हुन्छ ।

विश्वास जित्ने प्रयास गर्नुहोस्– कुनै पनि सम्बन्ध वा प्रेमको नाजुक धागो विश्वासमा टिक्छ। जब सम्म तपाईले अगाडिको व्यक्तिको विश्वास जित्नुहुन्न, तपाईको सम्बन्ध बलियो हुँदैन। यसका लागि तपाईले आफ्नो क्रशलाई सकेसम्म मद्दत गर्नुपर्छ, यस्तो अवस्थामा बिस्तारै विश्वास बढ्दै जान्छ र त्यसपछि तपाई सजिलैसँग प्रभावित हुन सक्नुहुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.