चुनावी कार्यक्रममै बेहोस भए शशांक कोइराला

डिसी नेपाल
१३ कार्तिक २०७९ १९:२८
136
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइराला अस्वस्थ भएका छन् । नवलपुर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका कोइराला नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा बेहोस भएका थिए ।

कोइरालालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको उनका सहयोगी सुरज उप्रेतीले बताए ।

अहिले कोइरालाको अवस्था सामान्य रहेको र होस पनि फर्किसकेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.