आजदेखि सेयर कारोबार सुरु हुने, अब कता जाला बजार?

डिसी नेपाल
१४ कार्तिक २०७९ ८:४९
68
Shares

काठमाडौँ। एक सातादेखि बन्द रहेको सेयर कारोबार आजबाट खुला हुने भएको छ।

तिहार तथा छठको उपलक्ष्मा सरकारले सार्वजनिक बिदा दिएकाले ७ कात्तिकदेखि सेयर बजार बन्द थियो। ६ कात्तिकमा अन्तिम कारोबारको दिन नेप्से सूचक १८५८.४९ विन्दुमा बन्द भएको थियो। यसै विन्दुलाई आधार मानेर आजबाट सेयर कारोबार सुरु हुनेछ।

कम्पनीले धमाधम लाभांश घोषणा गर्न थालेका छन्। प्रथम त्रैमासको रिपोर्ट पनि आउन थालेको छ। यस्तो अवस्थामा अब सेयर बजार कता जाला भनेर चासो रहेको छ। तिहार अघिको अन्तिम दिनको कारोबारमा भने बजार सकारात्मक बनेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.