यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी प्रतिडलर खरिददर १३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३२ रुपैयाँ २६ पैसा कायम भएको छ।
युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ २० पैसा र बिक्री दर १३१ रुपैयाँ ८० पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ९० पैसा र बिक्री दर १५३ रुपैयाँ ५९ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ४२ पैसा र बिक्री दर ८४ रुपैयाँ ८१ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ २४ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ९३ पैसा र बिक्री दर ८ रुपैयाँ ९७ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १५ पैसा र बिक्री दर १८ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३५ रुपैयाँ ०३ पैसा र बिक्री दर ३५ रुपैयाँ १९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ०१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ २६ पैसा र बिक्री दर ९ रुपैयाँ ३० पैसा कायम भएको छ।







डिसी नेपाल







Facebook Comment