हेर्नुहोस् कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ। नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment