तीन महिनामा नेपाल भित्रियो साढे ६२ अर्बको पेट्रोल, डिजेल र ग्यास

डिसी नेपाल
१४ कार्तिक २०७९ १२:२१
56
Shares

काठमाडौँ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालमा करिव साढे ६२ अर्बको पेट्रोल, डिजेल र एलपी ग्यास भित्रिएको छ। २०७९ को साउन, भदौ र असोज महिनामा उक्त मुल्य बराबरको पेट्रोल, डिजेल र एलपी ग्यास नेपालले आयात गरेको हो।

सो अवधिमा नेपालले ६२ अर्ब ४६ करोड ६१ लाख ६८ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपी ग्यास नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ।

विभागको तथ्याङ्कअनुसार बितिको तीन महिनामा नेपालले भारतबाट २९ अर्ब २९ करोड ८१ लाख २४ हजार रुपैयाँको डिजेल, १८ अर्ब २२ करोड ४४ लाख १५ हजार रुपैयाँको पेट्रोल र १४ अर्ब ९४ करोड ३६ लाख २९ हजार रुपैयाँको एलपी ग्यास आयात गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले १४ अर्ब ९ करोड ५० लाख ३४ हजार रुपैयाँ बढीको पेट्रोल, डिजेल र एलपी ग्यास आयात गरेको छ।

गत आर्थिक वर्षको साउन देखि असोजसम्म तीन महिनाको अवधिमा नेपालले ४८ अर्ब ३७ करोड ११ लाख ३४ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपी ग्यास भारतबाट आयात गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङकले नेपालले सबैभन्दा बढी मुल्यमा आयात गरेको तीन वस्तुमा क्रमसः डिजेल, पेट्रोल र एलपी ग्यास रहेको देखाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.