तीन महिनामा २७ अर्ब ४१ करोडभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लवार तेल आयात

डिसी नेपाल
१४ कार्तिक २०७९ १२:५४
32
Shares

काठमाडौँ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट २७ अर्ब ४१ करोड २८ लाख ६९ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको छ। गत साउन, भदौ र असोज महिनामा नेपालले उक्त कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको हो।

भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा नेपालले १४ अर्ब ४ करोड ८ लाख ५४ हजार रुपैयाँको कच्चा भटमास तेल आयात गरेको छ । उक्त मुल्यमा ६ करोड २४ लाख १९ हजार ७६७ लिटर कच्चा भटमास तेल नेपाल भित्रिएको छ।

सोही समयमा नेपालले ९ अर्ब ९७ करोड २ लाख १५ हजार रुपैयाँको कच्चा पाम तेल आयात गरेको छ। उक्त मुल्यमा ५ करोड ८४ लाख ४९ हजार ७२१ लिटर कच्चा पाम तेल नेपाल भित्रिएको छ।

यस्तै बितेको तीन महिनामा ३ अर्ब ४० करोड १७ लाख ९९ हजार रुपैयाँको १ करोड ६२ लाख ९१ हजार ४६३ लिटर कच्चा सनफ्लावर तेल नेपाल भित्रिएको विभागले जनाएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ११ अर्ब ९२ करोड २८ लाख ८७ हजार रुपैयाँ कमको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले ३९ अर्ब ३३ करोड ५७ लाख ५६ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.