मंगलबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। मंगलबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी प्रतिडलर खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा कायम भएको छ। सोमबार अमेरिकी प्रतिडलर खरिददर १३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३२ रुपैयाँ २६ पैसा कायम भएको थियो।
यस्ता, युरोपियन यूरोको मूल्य पनि बढेर युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ २६ पैसा र बिक्री दर १३१ रुपैयाँ ८६ पैसा पुगेको छ। युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ २० पैसा र बिक्री दर १३१ रुपैयाँ ८० पैसा रहेको थियो।
यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ४३ पैसा र बिक्री दर १५३ रुपैयाँ १३ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ०८ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ४८ पैसा र बिक्री दर ८४ रुपैयाँ ८६ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ १३ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ८९ पैसा र बिक्री दर ८ रुपैयाँ ९३ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ११ पैसा र बिक्री दर १८ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३५ रुपैयाँ १८ पैसा र बिक्री दर ३५ रुपैयाँ ३४ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ०८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ २५ पैसा र बिक्री दर ९ रुपैयाँ २९ पैसा कायम भएको छ।







डिसी नेपाल







Facebook Comment