बलियो नेपाल न्युट्रिशन इनिसियटिभ र एनएलजि इन्स्योरेन्सको सहकार्यमा खेलाडीको बिमा गर्ने सम्झौता
काठमाडौँ। पोषण र बिमाको महत्वलाई आम जनमानसमा पुर्याउने उदेश्यका साथ बलियो नेपाल न्युट्रिशन इनिसियटिभ र एनएलजि इन्स्योरेन्सको सहकार्यमा खेलाडीको व्यक्तिगत दुर्घटना बिमा गरिदिने सम्बन्धि सम्झौता भएको छ। इन्स्योरेन्सले बलियो नेपाल कप दोश्रो संस्करणमा सहभागी ६ टिमका ८४ जना खेलाडीलाई तीन लाख रुपैयाँको एक वर्षको लागि दुर्घटना बिमा गरिदिने सम्बन्धी सम्झौता भएको हो।
साथै आगामी दिनमा बलियो नेपाल र एन एल जि इन्स्योरेन्सको सहकार्यमा अगाडी बढ्दै ग्रासरुट क्रिकेटको विकास तथा विस्तार गर्न बलियो नेपालका सिइओ डा. अतुल उपाध्याय र एन एल जि इन्स्योरेन्सका सिइओ सुनिल बल्लब पन्तले सझौतापत्रमा हस्ताक्षर गरे ।
खेल क्षेत्रको माध्यमबाट खाद्य स्वच्छता र पोषणबारे चेतना फैलाउन बलियो नेपाल न्युट्रिशन इनिसियटिभले खेल जगत्, विशेष गरि ग्रासरुट क्रिकेटको प्रबद्र्वनका लागि २०७८ देखि नै बलियो नेपाल कप आयोजना गर्दै आइरहेको छ। संस्थाले यस अघि समेत अघिल्लो वर्ष लुम्बिनी प्रदेशका १२ जिल्लाहरुको सहभागितामा बलियो नेपाल कपको पहिलो संस्करणको सफलताका साथ आयोजना गरेको थियो। र यसै बर्षपनि बलियो नेपाल कपको दोश्रो संस्करण काठमाण्डौँको मुलपानीमा रहेको क्रिकेट रंगशालामा पाँच पदेश र एक बलियो नेपाल टिम बनाएर आयोजना गरिएको थियो ।
बलियो नेपाल न्यूट्रिशन इनिशिएटिभ नागरिक समाजका प्रतिष्ठित व्यक्तिहरु सम्मिलित स्वतन्त्र समितिद्वारा संचालित एउटा गैर नाफामुलक संस्था हो। बलियो नेपाल निजि क्षेत्र, नागरिक समाज, शैक्षिक क्षेत्र तथा आम नेपाली समुदायको निजि तथा कर्पोरेट क्षेत्रलाइ सामुहिक योगदानबाट नेपालमा सामुहिक योगदानबाट नेपालमा कुपोषण न्यूनीकरण तथा सन् २०३० सम्म दिर्घ कुपोषणलाई १५% मा झार्ने दिगो विकास लक्ष्य प्राप्ति गर्ने सरकारी प्रतिबद्धतामा योगदान गर्न सुरुवात गरिएको एउटा राष्ट्रिय अभियान हो।







डिसी नेपाल







Facebook Comment