सेयर बजारमा हरियाली, ५६.११ अंकले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
१५ कार्तिक २०७९ १५:२२
60
Shares

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ। आजको कारोबारमा नेप्से ५६.११ अंकले बढेर १ हजार ९३०.९९ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३१ कम्पनीको ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व २९ करोड ६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एसिया बैंकको भएको छ। यसको आज ६ करोड ६५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नबिल बैंक र तेस्रोमा शिभम् सिमेन्टको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटा उपसुचकमा हरियाली छाएको छ। आजको कारोबारमा नाग्दी हाइड्रोपावर र युनिभर्सल पावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यस्तै, एनसिसि ऋणपत्र रसिटिजन म्युचुअल फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.