बुधबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१६ कार्तिक २०७९ ८:५७
232
Shares

काठमाडौँ। बुधबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी प्रतिडलर खरिददर १३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६२ पैसा कायम भएको छ। मंगलबार अमेरिकी प्रतिडलर खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा कायम भएको थियो।

युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ०७ पैसा र बिक्री दर १३१ रुपैयाँ ६७ पैसा पुगेको छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ३५ पैसा र बिक्री दर १५३ रुपैयाँ ०४ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ १२ पैसा र बिक्री दर ८४ रुपैयाँ ५१ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ८९ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ९७ पैसा र बिक्री दर ८ रुपैयाँ ०१ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १४ पैसा र बिक्री दर १८ रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३५ रुपैयाँ १३ पैसा र बिक्री दर ३५ रुपैयाँ २९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ९२ पैसा र बिक्री दर ३६ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ३२ पैसा र बिक्री दर ९ रुपैयाँ ३६ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.