बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन घट्यो, सीडी रेसियो बढ्यो

डिसी नेपाल
१६ कार्तिक २०७९ ९:२१
104
Shares

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ४ अर्बले घटेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार १४ कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ खर्ब ५२अर्ब रुपैयाँ निक्षेप रहेको छ। ५ कार्तिकसम्म बैंकहरूको निक्षेप ५१ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो।

यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप ५ अर्बले घटेर ४५ खर्ब ३५ अर्ब पुगेको छ। ५ असोजसम्म वाणिज्य बैंकहरूको निक्षेप ४५ खर्ब ४० अर्ब रहेको थियो। यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी पनि घटेको छ।

बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी ३ अर्बले घटेर ४७ खर्ब ५७ अर्बमा सिमित भएको छ। ५ कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ४७ खर्ब ६० अर्ब रुपैयाँ रहेको थियो। यस्तै,५ कार्तिकसम्म ४२ खर्ब १९  अर्व रहेको वाणिज्य बैंकहरूको कर्जा लगानी अहिले २ अर्बले घटेर ४२ खर्ब १७ अर्ब रुपैयाँमा खुम्चिएको छ।

बैंकहरूको निक्षेप संकलन घट्दा सिडी रेसियो बढेको  छ। बैंक तथा वित्तीय संस्थाको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ०.०९ प्रतिशतबाट बढेर ८७.२४ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.