राष्ट्र उत्थान लघुवित्तको नाफा घट्यो, अधिकांश सूचकको कस्तो छ अवस्था ?

डिसी नेपाल
१६ कार्तिक २०७९ ११:५७
48
Shares

काठमाडौँ। राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ६९.४६ प्रतिशतले घटेको छ। गत बर्सको यहि अवधिमा १ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्ष घटेर ३८ लाख २३ हजार रुपैयाँमा सिमित भएको छ।

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नफा घटेसंगै खुद नाफा पनि घटेको देखिन्छ। कम्पनीको खुद ब्याज आम्दानी ७.६४ प्रतिशतले घटेर ४ करोड ७३ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५ करोड १२ लाख रुपैयाँ थियो।  यस्तै कम्पनीको सञ्चालन नाफा १ करोड ५२ लाख रुपैयाँबाट घटेर ५० लाख ९ हजार रुपैयाँमा सीमित बनेको छ।

समिक्षा अवधिसम्ममा कम्पनीले २ अर्ब ३५ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। चुक्तापुँजी २६ करोड रुपैयाँ संस्थाको रिजर्भको आकार ४२.४० प्रतिशतले बढेर १८ करोड ५९ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १३ करोड ६ लाख रुपैयाँ रहेको थियो।

पहिलो त्रैमासमा कम्पनीको खराब कर्जा १.२५बाट बढेर १.४३ प्रतिशत पुगेको छ। कम्पनीको ईपीएस ५.८८ रुपैयाँ पुगेको छ। पीई रेसियो १६१.९० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७१.५३ रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.