यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१७ कार्तिक २०७९ ९:०७
248
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर प्रकाशित गरेको छ।

जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ १६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ७६ पैसा छ। युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ८९ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४९ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८४ रुपैयाँ ९३ पैसा र बिक्रीमा ८५ रुपैयाँ ३२ पैसा छ।

क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६४ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९३ रुपैयाँ ६२ पैसा र बिक्रीमा ९४ रुपैयाँ ५ पैसा तोकिएको छ।

त्यस्तै, जापानी येन १० को खरिदमूल्य ८ रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ २ पैसा, चाइनिज येन एकको खरिददर १८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८ रुपैयाँ २४ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ३० पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ४६ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ८९ पैसा र बिक्रीदर २८ रुपैयाँ २ पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.