इस्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँड

डिसी नेपाल
१७ कार्तिक २०७९ १०:४४
92
Shares

काठमाण्डौ । इस्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज बिहिबार बिहान ९ बजे आइपिओ बाँडफाँट भएको हो।

कम्पनीको आईपीओमा कुल १३ लाख ५८ हजार २२० जनाले कुल १ करोड ४८ लाख ७४ हजार ४० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमा १३ लाख ५६ हजार २२४ आवेदकबाट परेको १ करोड ४८ लाख ४७ हजार ५५० कित्ता सदर भएको छ। भने, १ हजार ९९६ आवेदकबाट परेको २६ हजार ४९० कित्ता आवेदन अस्वीकृत भएको क्यापिटलले जनाएको छ।

सदर भएको आवेदनमध्ये भाग्यमानी ६२ हजार ५१९ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी आवेदकको हात खाली छ।

कम्पनीले १०० अंकित दरका कुल ६ लाख ७० हजार ३१० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशतले हुने आउने ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ६ लाख २५ हजार १९० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका छन्।

यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि आउनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.