बिहिबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार २ सय रुपैयाँ कायम भएको छ।
बुधबार प्रति तोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले घटेर प्रति तोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment