नेसनल लाइफ इन्स्योरेन्सले १८ मंसिरमा डाक्यो एजीएम, बुक क्लोज कहिले ?

डिसी नेपाल
१७ कार्तिक २०७९ १३:२२
120
Shares

काठमाडौँ। नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले १८ मंसिरमा साधारणसभा बोलाएको छ। सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ।

सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ। यसले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो।

२०७७/७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ। त्यस्तै, सञ्चालक समितिबाट मनोनLत स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ। सभा प्रयोजनका लागि कम्पनीले ८ मंसिरमा एकदिन बुक क्लोज गर्ने भएको छ । ७ मंसिरमा कायम सेयरधनीले लाभांश पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.