प्रभु बैंकका ग्राहकले होटेल मुस्ताङ ताजले प्रदान गर्ने सेवामा विशेष छुट पाउने

डिसी नेपाल
१७ कार्तिक २०७९ १३:५९
108
Shares

काठमाडौँ। प्रभु बैंक र मुस्ताङस्थित होटेल मुस्ताङ ताज एन्ड थकाली किचेनबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटेल मुस्ताङ ताजका तर्फबाट प्रोप्राइटर योगेश शेरचनले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले होटेल मुस्ताङ ताजद्वारा सञ्चालित फुड, बेभरेज र लजिङ सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।

ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा होटेल मुस्ताङ ताजका उल्लेखित सेवाहरुमा छुट प्राप्त गर्नेछन्।

यो सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने विश्वास बैंकको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.