ठाडी भन्सारले उठाउन सकेन लक्ष्यअनुसार राजस्व

डिसी नेपाल
१८ कार्तिक २०७९ १३:२८
52
Shares

गोलबजार। सिरहाको भगवानपुर गाउँपालिका–४ मा अवस्थित ठाडी भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व उठाउन सकेको छैन।

आर्थिक वर्ष २०७८/७९ मा रु १३ करोड दुई लाख ८१ हजार पाएको लक्ष्य रु तीन करोड ८३ लाख ९२ हजार ९३ उठाउन सकेको हो। त्यो लक्ष्यभन्दा रु १० करोड कम हो । ठाडी भन्सार कार्यालय प्रमुख धुव्रप्रसाद कोइरीले भन्सारबाट बढी मात्रामा टायल्स, मार्बल र भारतीय गाडी भित्रने र राजस्व उठ्ने गरेको तथा निर्यात शून्य अवस्थामा रहेको बताए।

चालु आव २०७९/०८० मा रु ११ करोड ४३ लाख ६७ हजार राजस्व उठाउने कार्यालयको लक्ष्य रहेकामा असोजसम्म रु एक करोड १५ लाख २४ हजार छ सय ४१ राजस्व उठाउन सकिएको छ। कार्यालयले पाएको लक्ष्य पूरा गर्न चुनौती रहेको जनाउँदै अवैधरुपमा भन्सार छली गरी ल्याएको समान जफत गरिएको र चोरी पैठारीसम्बन्धी एक सय ६८ मुदा दर्ता भएको कार्यालय प्रमुख काइरीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.