अरिङ्गालले टोक्दा बझाङमा एक बालकको मृत्यु

डिसी नेपाल
१८ कार्तिक २०७९ १७:४८
840
Shares

धनगढी । बझाङका एक बालकको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ । जिल्लाको थलारा गाउँपालिका(८ विस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांश जोशीको अरिङ्गालको टोकाइबाट बिहीबार मृत्यु भएको हो ।

भाइटीका मान्न माइतीघर डोटीको सायल गाउँपालिका ५ गुरेना गएकी आमा आरती जोशीसँगै मामाघर गएका उनलाई गत मंगलबार घर नजिकै अरिङ्गालले टोकेको बताइएको छ । अरिङ्गालको टोकाइबाट घाइते भएका उनलाई अस्पतालबाट सामान्य उपचारपछि घर पुर्‍याएको र बिहीबार मृत्यु भएको थलारा(८ का वडाध्यक्ष टीकाराज जोशीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.