दाङ क्षेत्र नं. ३ मा गठबन्धनका गिरिलाई वलीको चुनौती, भत्किएला कांग्रेसको किल्ला ?

आशिष रेग्मी
१९ कार्तिक २०७९ २०:०३
400
Shares

दाङ । आगामी प्रतिनिधिसभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं.३ मा रोचक प्रतिष्पर्धा हुने देखिएको छ ।

यस क्षेत्रमा पारिवारिक राजनीति विरासत बोकेका उम्मेद्वार देखि सेलिब्रेटी अनुहारसम्म रहेका छन् । पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता दिपक गिरि गठबन्धनका उम्मेद्वार छन् भने नेकपा एमालेका तर्फबाट गायिका कोमल वली चुनावी प्रतिष्पर्धामा छिन् ।

निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने चार पालिकामध्ये स्थानीय तह निर्वाचनमा शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकामा नेपाली कांग्रेसले जित निकालेको थियो । तुलसीपुरका १५ वडा मध्य आठ वडामा गठबन्धनले जितेको थियो भने अन्य वडा र प्रमुख र उपप्रमुखमा एमालेले जितेको छ ।

स्थानीय निर्वाचनको परिणामलाई आधार मान्दा गठबन्धनको पल्ला केहि भारी देखिन्छ । यद्दपी गुटउपगुटको सिकार भइरहेको दाङ कांग्रेसलाई यसपाली पनि निर्वाचन जित्न सजिलो भने देखिदैन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले पश्चिम क्षेत्रमा कांग्रेसको भोट काट्ने स्थानीय कांग्रेस नेताहरुनै अड्कल काटिरहेका छन् । युवाहरुको प्रतिनिधित्व गरेका सुवेदीले युवाहरुको समेत मत पाउने आँकलन छ । यदी यसै भयो भने गठबन्धनलाई गाह्रो पर्ने स्थानीय एक नेताले बताए ।

यता तुलसीपुर उपमहानगरपालिकामा पछिल्लो समय एमाले बलियो देखिएको छ । स्थानीय निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेले गठबन्धनलाई हराएको थियो । यो नतिजालाई दाङ एमालेले कोमल वलीको जितको आधार मानिरहेको छ । ओलीको दौडधुप निकै रफ्तारमा चलिरहेको छ । बिहान ‘मर्निङ वाक’मा हिडेकी वली राती अबेरसम्म गित गाएर मतदातालाई नचाईरहेकी देखिन्छिन् । उनले आफ्नो कलालाई मतदाता लोभ्याउने अस्त्रको रुपमा सदुपयोग गरेकी छिन् । गाँउका अधिकाशं पुरुष रोजगारको शिलशिलामा विदेशमा छन् । उनका कार्यक्रमहरुमा बढी संख्यामा महिला नै देखिन्छ । वली महिला र थारुहरुको मत आफुले पाउनेमा ढुक्क छिन् । महिला र थारुको संख्या बढी रहेको यस क्षेत्रमा वलीले बाजी नमार्लीन भन्न सकिदैन् ।

तर, लामो समय पार्टीमा काम गरेका एमालेका नेताहरुभने वलीले टिकट पाउदा असन्तुष्ट देखिएका थिए । यसको बाछिटा मतपेटीकामा पर्छ या पर्दैन त्यो त समयले बताउने कुरा भयो ।

२०५१ को संसदीय चुनावमा असफल भएका गिरि २०७० सालमा दाङको साबिक क्षेत्र नं ५ बाट निर्वाचित भएका थिए । गिरि दोस्रो संविधान सभापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सिँचाइ मन्त्री समेत भए । सिँचाई मन्त्री भएको समयमा गिरिले दाङका लागि महत्वपूर्ण परियोजनाको रुपमा बृहत सिँचाई परियोजना सुरु गरेका थिए । यहि कामको प्रचार गरेर गिरि चुनावी अभियानमा दौडीरहेका छन् । आफुले मन्त्री हुँदा गरेको कामलाई जनताले मूल्यांकन गर्ने उनको दाबी छ । गिरी यसअघि २०७४ सालमा एमालेका हीराचन्द्र केसीसँग पराजित भएका थिए ।

दीपक गिरी, कोमल वली, राष्ट्रिय प्रजाजन्त्र पार्टीबाट ओजबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी सहित यस निर्वाचन क्षेत्रमा अन्य साना दल र स्वतन्त्र गरी १७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन नजिकिएसँगै चुनावी सर्गमी बढेको छ । कांग्रेसको गढको रुपमा चिनिदै आएको यस क्षेत्रमा कोमल वलीले कांग्रेसको किल्ला भत्काउन सक्लिन ? यो प्रश्नको उत्तर पाउन केहि दिनको प्रतिक्षा गर्नै पर्ने हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.