पछिल्लो एक सातामा तीन सय जनामा डेङ्गु सङ्क्रमण

डिसी नेपाल
२० कार्तिक २०७९ १९:१९
68
Shares

काठमाडौं । पछिल्लो एक सातामा तीन सय जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ सङ्क्रमित थपिएको हो ।

योसँगै देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या ४७ हजार ६८ पुगेको छ । कात्तिक महिनाको सुरुमै सङ्क्रमितको सङ्ख्या घटे पनि डेङ्गुको उच्च जोखिम मङ्सिरको अन्तिमसम्म रहने महाशाखाले बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.