काठमाडौं १ का लोसपा उम्मेदवार प्रकाश न्यायजुको समर्थन प्रकाशमान सिंहलाई

डिसी नेपाल
२१ कार्तिक २०७९ १५:३१
40
Shares

काठमाडौँ। काठमाडौ १ मा लोसपा उमेदवार प्रकाश न्यायजुले आफ्नो उमेदवारी निष्क्रिय पारेर कांग्रेस उम्मेदवार प्रकाशमान सिहलाई समर्थन गरेका छन्।

सोमबार न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई भेटेर आफ्नो समर्थन रहेको उल्लेख गर्दै उम्मेदवारी निष्क्रिय पारेको जनाएका छन्। सत्तागठबन्धन र लोसपाबीच देशका सात निर्वाचन क्षेत्रमा तालमेल भएको छ। सोही कारण पनि न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई समर्थन गरेका हुन्।

काठमाडौं १ मा सिंहका साथै एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार मैदानबीच प्रतिस्पर्धा हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.