सुनको मूल्य घट्यो, चाँदीको स्थिर

डिसी नेपाल
२२ कार्तिक २०७९ १०:४४
272
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९४ हजार रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला ९४ हजार ३  सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ।  सोमबार प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.