वृद्धभत्ता दाेब्बर पार्ने प्रदेशसभा सदस्यका उम्मेदवार आचार्यकाे आश्वासन

डिसी नेपाल
२२ कार्तिक २०७९ ११:२०
172
Shares

अर्घाखाँची। एमाले केन्द्रीय सदस्य एवं अर्घाखाँची प्रदेशसभा (क) का उम्मेदवार चेतनारायण आचार्यले वृद्धभत्ता दाेब्बर पार्ने घाेषणा गरेका छन्।

आफूहरू निर्वाचित भएमा वृद्धभत्ता दाेब्बर पार्ने घाेषणा गरेका आचार्यले अबका दुई वर्षमा हरेक जिल्लावासीको घरघरमा धारा पुग्ने दाबी पनि गरे।

अर्घाखाँचीका विभिन्न स्थानमा भएका चुनावी सभामा मन्तव्य राख्दै आचार्यले घरघरमा धारा, अपांग भत्ता, वृद्धभत्ता, एकल भत्ता बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका हुन्।

यसअघि पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका आचार्य लुम्विनी प्रदेश सरकारकाे मन्त्रीसमेत भएका थिए। नेता आचार्यसँग गठबन्धनबाट राष्ट्रिय जनमाेर्चाका सागर केसीले प्रतिस्पर्धा गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.