व्यवहारमै राजनीतिलाई समाजसेवामा परिणत गर्न चाहन्छु : छिरिङ दोर्जे लामा

डिसी नेपाल
२२ कार्तिक २०७९ १३:२३
28
Shares

काठमाडौँ। बागमती प्रदेशसभा सदस्य उम्मेदवार छिरिङ दोर्जे लामाले व्यवहारमै राजनीतिलाई समाज सेवामा परिणत गर्ने बताएका छन्।

काठमाडौं ३ (क) का प्रदेशसभा सदस्य उम्मेदवार कांगथ्रेस नेताले उनले राजनीति उत्कृष्ट समाजसेवा रहेकाले यसलाई व्यवहारमै परिणत गर्नुपर्ने बताएका हुन्। राजनीतिलाई समाजसेवमा परिणत नगरे भ्रष्टाचार बढ्ने उनको भनाइ छ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवारसमेत रहेका उनले सामाजिक सेवाको उत्कृष्ट नमुना रहेको भन्दै आफूले पनि राजनीतिलाई लाभको पेसाको रुपमा नलिएको बताए।

‘राजनीति समाजसेवाको उत्कृष्ट हो, जबसम्म राजनीतिलाई समाजसेवाको रुपमा व्यवहारमा परिणत गर्न सकिँदैन, यसले भ्रष्टाचार मात्र बढाउँछ,’ उनले भने, ‘राजनीतिलाई समाजसेवामा परिणत गर्नुपर्छ भन्ने मान्यता राख्छु र व्यवहारमै देखाएको छु।’

यसअघि पनि प्रदेशसभामा निर्वाचित भएर एक कार्यकाल बिताएका उनले आफूले पहिलो कार्यकालमा पनि प्रदेशसभा जनताको पक्षमा काम गरेको दाबी गरे।

सो कार्यकालमा पनि राजनीतिलाई समाजसेवाकै रुपमा बिताएको बताएका उनले आफ्नो निर्वाचन क्षेत्रमा ढल व्यवस्थापन, खानीपानीसहितका समस्या समाधान गर्न पहल गरेको बताए । यसका बाँकी काम अबको कार्यकालमा पूरा गरेरै छाड्ने उनको प्रतिबद्धता छ।

विकासका काममा बाधाको रुपमा देखिएका कानुन संशोधन गर्ने, आवश्यक कानुन बनाउने भन्दै उनले कुनै समस्या परेका आम जनताले फोनबाट जानकारी गराउन सकिने बताए। सूचना प्राप्त भएमा समाधान गर्न पहल गर्ने उनले प्रतिबबद्धता जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.