२.५७ अङ्कले घट्यो सेयर बजार

डिसी नेपाल
२२ कार्तिक २०७९ १५:२०
60
Shares

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज घटेको छ। शेयर कारोबार हुने साताको तेश्रो दिन मंगलबार नेप्से परिसूचक २.५७ अङ्कले घटेर १९५५६.३६ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१२ अङ्कले घटेर ३८४.२१ मा झरेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२६ कम्पनीको २७ लाख ७३ हजार ७३७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ५ करोड ८० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट शीर्ष स्थानमा छ। यसको आज ८ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सिटिजन बैंक र तेस्रोमा जल्पा सामुदायिक लघुवित्तको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटा उपसुचकमध्ये ४ वटा उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र गुराँस लघुवित्तका लगनीकर्ताले अत्याधिक कमाएका छन्। भने, कालिका लघुवित्त र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.