विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलर र युरोको मूल्य बराबर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर प्रकाशित गरेको छ। राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार अमेरिकी डलर र युरोपियन युरोको मूल्य आज बराबर रहेको छ।
अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ७८ पैसा र बिक्रीमा १३१ रुपैयाँ ३८ पैसा छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जानेको छ।
अष्ट्रेलियन डलर एकको खरिदमा ८४ रुपैयाँ ७२ पैसा र बिक्रीमा ८५ रुपैयाँ ११ पैसा छ। क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३३ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९३ रुपैयाँ २६ पैसा र बिक्रीमा ९३ रुपैयाँ ६९ पैसा तोकिएको छ।
त्यस्तै, जापानी येन १० को खरिदमूल्य ८ रुपैयाँ ९४ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ९८ पैसा, चाइनिज येन एकको खरिददर १८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ७९ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ६१ पैसा र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा रहेको छ।







डिसी नेपाल







Facebook Comment