आशा लघुवित्तको प्रथम त्रैमास : खुद नाफासंगै घट्यो प्रतिशेयर आम्दानी

डिसी नेपाल
२३ कार्तिक २०७९ ११:२४
28
Shares

काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा ६३.७५ प्रतिशत घटेको छ। संस्थाले १ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै घटेसँगै कुन्द नाफामा पनि गिरावट आएको देखिन्छ। अघिल्लो वर्ष यही अवधिमा १० करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले यस अवधिमा ३८.४५ प्रतिशतले घटेर ६ करोड ५९ लाख रुपैयाँमा सिमित भएको छ।  समिक्षा अवधिमा संस्थाको सञ्चालन नाफा ७ करोड ३२ लाख रुपैयाँबाट घटेर २ करोड ६५ लाख रुपैयाँमा खुम्चिएको छ।

यो प्रथम त्रैमाससम्ममा संस्थाले २ अर्ब ७३ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। चुक्तापुँजी ३३ करोड ३९ रुपैयाँ संस्थाको रिजर्भको आकार २४.६८ प्रतिशतले घटेर १० करोड ५१ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा १३ करोड ९५ लाख रुपैयाँ थियो।

समिक्षा अवधिमा संस्थाको खराब कर्जा अनुपात भने बढेको छ। संस्थाको खराब कर्जा ४.३७ प्रतिशतबाट बढेर ४.६५ प्रतिशत पुगेको छ।

संस्थाको खुद नाफा घटेसंगै प्रति सेयर आम्दानीमा पनि भारी गिरावट आएको छ। संस्थाको प्रति सेयर आम्दानी ६३.७४ प्रतिशतले घटेर २२.३० रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस ६१.५० रुपैयाँ थियो। पीई रेसियो ४०.९० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १९२.६६ रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.