उपकार लघुवित्तको यस्तो छ वित्तीय अवस्था
काठमाडौँ। उपकार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार संस्थाले ४२ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको यसैअवधिको तुलनामा ३.८९ प्रतिशतले धेरै हो।
गत वर्षको यही अवधिमा संस्थाले ४१ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। संस्थाले ८६ करोड ७४ लाख रुपैयाँ सापट लिएर दुई अर्ब १८ करोड ९९ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ।
यस अवधिसम्म यसले एक अर्ब पाँच करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। असोज ससान्तसम्म सञ्चालन नाफा बढेर ५६ लाख ६३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष उक्त नाफा तीन करोड ४३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । त्यस्तै, खुद ब्याज आम्दानी पनि १५.४९ प्रतिशतले बढेर ३ करोड ५५ लाख रुपैयाँ पुगेको छ। लघुवित्तले ११ लाख रुपैयाँ राइट ब्याक पनि गरेको छ।
हाल उपकारको चुक्ता पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ छ। जगेडा कोषमा १७ करोड ६२ लाख रुपैयाँ जम्मा भएको छ। असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५५ पैसा कायम भएको छ। संस्थाको प्रतिसेयर नेटवर्थ ३५८ रुपैयाँ ७० पैसा छ। यसको निष्कृय कर्जा अनुपात घटेर २.७९ प्रतिशत पुगेको छ।







डिसी नेपाल







Facebook Comment