मंसिर ४ पछि गठबन्धन भत्किने एमाले उपाध्यक्ष ज्ञवालीको दाबी

डिसी नेपाल
२३ कार्तिक २०७९ १९:२८
168
Shares

दाङ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले ४ मंसिर पछि वर्तमान वाम लोकतान्त्रीक गठबन्धन भत्किने दाबी गरेका छन् ।

दाङको श्रीनारायण चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ज्ञवालीले पाँच दलीय गठबन्धन चुनावी परिणामसँगै समाप्त हुने दाबी गरेका हुन् ।  त्यसपछि एमाले नेतृत्वको सरकार बन्ने उनको भनाइ छ ।

देश र राष्ट्रियता बचाउन एमालेको नेतृत्व चाहिने उनले बताए । वर्तमान गठबन्धन अग्रगामी नभएको उनको आरोप थियो ।

‘‘नेताको टाउको जोडिँदैमा गठबन्धन हुँदैन । यो गठबन्धन जनताको मतले भत्किँदै छ,’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.