७ लाख बढी कित्ता सेयर बिक्रीमा ल्याउँदै समृद्धि फाइनान्स

डिसी नेपाल
२४ कार्तिक २०७९ ११:२०
32
Shares

काठमाडौँ। समृद्धि फाइनान्स कम्पनी लिमिटेडको साढे ७ लाख बढी कित्ता सेयर १ मंसिरदेखि बिक्रीमा आउने भएको छ। कम्पनीले ७ लाख ६७ हजार ३६६ कित्ता सेयर लिलामीमार्फत बेच्न लागेको हो।

यो लिलामी सेयरमा विद्यमान संस्थापक तथा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँका लागि बोलपत्र पेस गर्नुपर्नेछ। अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र १५ मंसिर बैंकिङ समयसम्म पेस गर्न सकिनेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटको काठमाण्डौ नक्सालस्थित कार्यालय, बैंक अफ काठमाण्डौका शाखाहरु विराटनगर, वीरगन्ज, न्युरोड (पोखरा), बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढी तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय (हेटौँडा) र शाखाहरु पुतलीसडक, रायणगढ, पोखरा, बुटवल, बनेपा, इटहरी र जनकपुरमा पेस गर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.