सानिमा माई हाइड्रोपावरको खुद नाफा २३ करोड २४ लाख रुपैयाँ
काठमाडौँ। सानिमा माई हाइड्रोपावरले आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले २३ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो वर्षको यहि अवधिको तुलनामा ४.४२ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको यहि अवघिमा कम्पनीले २४ करोड ३१ लाख रुपैयाँ कमाएको थियो।
समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ६.४३ प्रतिशतले घटेर ३२ करोड १७ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३४ करोड ३८ लाख रुपैयाँ विद्युत बिक्रीबापत आम्दानी गरेको थियो। हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ८ करोड रुपैयाँ रहेको छ। कम्पनीको रिटेन्ड अर्निङ ९० करोड ५१ लाख रुपैयाँबाट बढेर १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ७.५२ रुपैयाँमा झरेको छ। गत वर्ष ईपीएस ८.६६ रुपैयाँ रहेको थियो। रिटर्न अन इक्विटी ३.६२ प्रतिशत रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ रहेको छ।







डिसी नेपाल







Facebook Comment