सेयर बजार २३.५२ अङ्कले घट्यो, सबै उपसुचक राताम्मे
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज घटेको छ। शेयर कारोबार हुने साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक २३.५२ अङ्कले घटेर १८९३.७० मा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१७ अङ्कले घटेर ३७२.३७ मा झरेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ११ करोड ९४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट शीर्ष स्थानमा छ। यसको आज १० करोड २२ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नेपाल रि-इन्स्योरेन्स र तेस्रोमा युनाइटेड मोदी हाइड्रोपावरको कारोबार भएको छ।
बिहिबारको कारोबारमा १३ वटा उपसुचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा मन्दाकिनी हाइड्रो पावर र सिन्धु विकास बैंकका लगनीकर्ताले अत्याधिक कमाएका छन्। भने, अपर हेवाखोला हाइड्रोपावर र किसान लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment