अत्यधिक मतले विजयी गराउन मन्त्री कार्कीको आग्रह

डिसी नेपाल
२४ कार्तिक २०७९ २३:२३
88
Shares

सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनमा आफूलाई अत्यधिक मतले विजयी गराउनका लागि मतदाता समक्ष आग्रह गरेका छन्।

सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मन्त्री कार्कीले भने, “२०७४ को निर्वाचनमा पाँच हजारभन्दा बढी मतले विजयी गराउनुभएको थियो, यसपटक त्योभन्दा पनि बढी मतान्तरले विजयी गराउनु हुन आग्रह गर्दछु ।”

सुनसरीको कोशी गाउँपालिकामा आज अयोजित चुनावीसभा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले स्थानीय तहको मतभारका आधारमा गठबन्धन १० हजारभन्दा बढी मतले अगाडि रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.