बसन्तपुरमा राप्रपाको चुनावी सभा, राजेन्द्र लिङ्देनदेखि मनिषा कोइरालाले सम्बोधन गर्ने

डिसी नेपाल
२५ कार्तिक २०७९ ९:३७
52
Shares

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज शुक्रबार काठमाडौंको बसन्तपुर डबलीमा चुनावी सभा आयोजना गर्दैछ।

चुनाव नजिकिँदै जाँदा राप्रपाले दिउँसो १ बजे सभा आयोजना गर्न लागेको हो।

सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेताहरू पशुपतिशमशेर जबरा,  प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अभिनेतृ मनिषा कोइरालाले समेत सभामा सम्बोधन गर्ने कार्यक्रम छ। मनिषाले पनि ट्वीट गरेर यसबारे जानकारी दिएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.