मुक्तिनाथ कृषि कम्पनीको २० लाख कित्ता हकप्रद सेयर बिक्रीमा
काठमाडौँ। मुक्तिनाथ कृषि कम्पनीले २० लाख कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको छ।
कम्पनीले १ः०.५५ अनुपातमा प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २० करोड रुपैयाँबराबरको हकप्रद सेयर बिक्रीमा ल्याएको हो।
हकप्रद सेयर खरिद गर्न कम्पनीले सेयरधनीहरुलाई कम्पनीको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गरेको छ। यस हकप्रद सेयरमा लगानीकर्ताले मंसिर २९ गतेसम्म आवेदन दिन पाउने छन्।
कम्पनीको हाल ३६ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ। हकप्रद बिक्रीपछि चुक्तापुँजी ५६ करोड रुपैयाँ पुगनेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment