चन्द्रागिरी हिल्स नाफामा, अन्य सूचकको कस्तो छ अवस्था?

डिसी नेपाल
२५ कार्तिक २०७९ १०:३६
96
Shares

काठमाडौँ। चन्द्रागिरी हिल्स लिमिटेडले आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको  वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

समिक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६९.२० प्रतिशतले बढेर १८ करोड ६४ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ११ करोड १ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।

यो पहिलो त्रैमाससम्म कम्पनीको रिजर्भ ३८ करोड १३ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष पनि रिजर्भ ४१ करोड ७२ लाख रुपैयाँले ऋणात्मक थियो। हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ।

कम्पनीको खुद नाफा बढेसँगै प्रति सेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ६ रुपैयाँ १९ रुपैयाँ ऋणात्मक रहेको कम्पनीको प्रति सेयर आम्दानी यस अवधिमासम्ममा ३ रुपैयाँ ४२ पैसा धनात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७५ रुपैयाँ १४ पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.