१८ जना कल गर्लसँग रोमान्स गरेर चर्चामा आएका सेलिब्रेटीले विवाह गरे
काठमाडौं । सेलिब्रेटी फुटबलरले ४० वर्षको उमेरमा विवाह गरेका छन् । यसअघि उनी विभिन्न युवतीसँग रोमान्स गरेर चर्चामा आउने गरेका थिए । एकपटक उनले २० लाख रुपैयाँ खर्चेर १८ कल गर्ल्ससँग रोमान्सको कुरा गरेका थिए ।
ब्राजिलका पूर्व फुटबलर एड्रियानोले प्रेमिका मिकाएला मेस्किटासँग विवाह गरेका छन् । केही दिनअघि मेस्क्विटासँगको आफ्नो तस्बिर सेयर गर्दै उनले क्याप्शनमा लेखेका थिए- ‘आफ्नो सुन्दर भावी पत्नीसँग चिलिङ गर्दै।’
एड्रियानो र मेस्किटाको विवाह नोभेम्बर ३० मा तय गरिएको थियो। तर उनीहरुले तोकिएको मितिभन्दा अगाडि नै विवाह गरेका छन् । जोडीहरू लगातार आफ्ना रोमान्टिक तस्विरहरू सेयर गरिरहेका छन्, जसले सोशल मिडियामा हेडलाइन बनाइरहेछ। एड्रियानो विगतमा आफ्नो सम्बन्धका कारण विश्वभर चर्चामा छन् ।
द सनका अनुसार गत वर्ष एड्रियानोले आफ्नो आधा उमेरकी केटीसँग डेट गरिरहेको खुलासा गर्दा हेडलाइन बनेका थिए । यति मात्र होइन, एड्रियानोले एकपटक आफू १८ युवतीसँग डेटमा गए, जहाँ उनले पार्टीमा २० लाख रुपैयाँभन्दा बढी खर्च गरेको भन्दै सबैलाई चकित पारेका थिए । यो सन् २०१५ को कुरा हो । एड्रियानो र मेस्किटा पहिले नै एकअर्कालाई चिन्छन्। मेस्क्विटा पेशाले हेयर ड्रेसर हुन्। उनी धेरै पटक एड्रियानोबाट अलग भइन् र फेरि भेटिन्।
एड्रियानो ब्राजिलका चर्चित फुटबलर हुन्। उनले सन् २०१६ मा अवकाश लिएका थिए । यसैबीच लागूऔषध मुद्दामा पनि उनको नाम आयो । बुबाको मृत्युपछि उनलाई रक्सीको लत लाग्न थाल्यो । उनी पनि लागुऔषधको दुर्व्यसनी बने । तर, अहिले उनी नयाँ जीवन सुरु गर्ने तयारीमा छन् ।
ब्राजिलियनसँगको कुराकानीमा एड्रियानोले भने–मलाई हरेक रात मदिरा पिउँदा मात्रै आनन्द लाग्थ्यो । मैले भेट्टाउन सक्ने वाइन, ह्विस्की, भोड्का, बियर सबै पिउँथें। तर अहिले त्यो सबै पुरानो भइसकेको छ ।







डिसी नेपाल







Facebook Comment