किन एलन मस्कले ट्विटर प्रयोगकर्ताहरूसँग माफी मागे?
काठमाडौं । आइतबार एक ट्वीटमा, ट्विटरका नयाँ मालिक एलन मस्कले माइक्रोब्लगिङ वेबसाइट ‘अत्यधिक ढिलो’ भएकोमा प्रयोगकर्ताहरूसँग माफी मागेका छन्।
एक ट्विटमा मस्कले भनेका छन्, ‘धेरै देशमा ट्विटर निकै ढिलो भएकोमा म माफी चाहन्छु।’ यसपछि उनले ढिलो हुनुको प्राविधिक कारण बताए ।
यसका साथै उनले ट्वीटरमा धेरै फेक प्रोफाईललाई सम्बोधन गर्न नयाँ फिचर ल्याउने पनि वाचा गरेका छन् ।
उनले ट्वीटरमा भनेका छन्, “ट्विटरले ती संस्थाहरूबाट जानकारी लिनेछ जुन ट्विटर खाताहरू उनीहरूसँग जोडिएका छन्।”
विगतमा ट्विटरले आफ्नो प्रमाणीकरण कार्यक्रम बन्द गर्नुपरेको थियो किनभने धेरै प्यारोडी र नक्कली खाताहरूले ८ डलर शुल्क तिरेर आफ्नो खाता प्रमाणीकरण गरेका थिए।
त्यसपछि ट्वीटरको यो योजनाको चर्को आलोचना हुन थाल्यो र यसलाई तत्काल प्रभावबाट रोक्नुपर्यो ।







डिसी नेपाल








Facebook Comment