उर्वशी रौतेलाले पटक-पटक नाम लिइरहने ‘आरपी’ ऋषभ पन्त होइनन् ! खुल्यो आरपीको रहस्य
काठमाडौं । बलिउड अभिनेत्री उर्वशी रौतेलाको नाम कुनै न कुनै कारणले क्रिकेटर ऋषभ पन्तसँग जोडिने गर्छ । जब जब उर्वशी रौतेलाले कुनै पोस्ट सेयर गर्छिन् वा अन्तर्वार्तामा कसैको बारेमा केही बोल्छिन्, फ्यानहरूले त्यसलाई ऋषभ पन्तसँग जोडेर हेर्न थाल्छन्। तर उर्वशी रौतेलाको जीवनको आरपी भने ऋषभ पन्त नभई अरु कोही हुन्, जसलाई उनले अहिले संसारसामु खुलाएकी छिन् ।
जब जब उर्वशी रौतेलाले आफ्नो पोस्ट वा अन्तर्वार्तामा आरपीको उल्लेख गर्छिन्, सबैलाई लाग्छ कि उनी क्रिकेटर ऋषभ पन्तको बारेमा कुरा गर्दैछिन्। तर यो त्यस्तो होइन। उर्वशी रौतेलाको आरपी ऋषभ पन्त होइन, साउथ अभिनेता हुन् । उर्वशीले अब आफ्नो एक अन्तर्वार्तामा फ्यानहरुको यो भ्रम मेटाएकी छिन् ।
अन्तर्वार्तामा उर्वशीलाई सोधिएको थियो– तपाईंले गुगली राख्नुभएको छ । हामीले आरपीलाई ऋषभ पन्त ठानेका थियौँ तर आरपी अर्कै निस्कियो । यसबारे के भन्न चाहनुहुन्छ ? यसको जवाफमा उर्वशीले भनिन्– आरपी मेरो सह–अभिनेता हुन्, जससँग म काम गर्दैछु ।
उर्वशीलाई सोधियो यो आरपी को हो ? जसको जवाफमा अभिनेत्रीले भनिन्– म मेरा साथी र फिल्मका सहकर्मीको बारेमा मात्रै कुरा गर्छु । उर्वशी रौतेलाको यो जवाफमा फ्यानहरुले निकै रमाइलो गरिरहेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्– ऋषभ पन्त कुनै कुनामा हाँसेको हुनुपर्छ । अर्का प्रयोगकर्ताले लेखेका छन्– ऋषभ पन्तले सोचिरहेका छन् – मलाई माफ गर्नुहोस्, म अब सहन सक्दिन ।
उर्वशी रौतेलाको आरपी ऋषभ पन्त नभई उनका सह–अभिनेता हुन् भन्ने थाहा छ । उर्वशी रौतेलाले कुरा गरिरहेका व्यक्ति हुन्, तेलुगु अभिनेता राम पोथिनेनी । उनी धेरै सुपरहिट फिल्ममा देखिएका छन् । रामले फिल्म देवदासुबाट आफ्नो करियर सुरु गरेका थिए । उनले धेरै राम्रा फिल्म गरेका छन् । राम पोथिनेनीको आगामी फिल्ममा उर्वशी रौतेलाको स्पेशल अपियरेन्स रहेको खबर छ । दुवैको तस्बिर सामाजिक सञ्जालमा पनि भाइरल भएको थियो ।







डिसी नेपाल








Facebook Comment