९२ वर्षे महर्जनद्वारा मतदान

डिसी नेपाल
४ मंसिर २०७९ १६:५५
4
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आज जारी मतदानमा र्कीतिपुर निवासी ९२ वर्षे तरमै महर्जनले मतदान गरेकी छन् ।

कीर्तिपुर वडा नं ९ स्थित नेपाल टेलिकम कार्यालयमा रहेको मतदान केन्द्रमा उनले मतदान गरेकी हुन् । महर्जन मतदानपछि निकै उत्साही भएकी थिइन् । “हामीलाई भोट हाल्ने अधिकार छ, भोट हाल्नै प¥यो”, उनले भने, “यो उमेरमा पनि भोट दिन पाउँदा राम्रो लागेको छ ।”

उनले छोराको सहयोगमा आज विहान मतदान गरेकी हुन् । उनले मतदान केन्द्रमा पहिले जस्तो मानिसको भिड नदेखेको बताइन् । उनले गत स्थानीय तहको निवार्चनमा पनि मतदान गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.