उपेन्द्र र सीके राउतको निर्वाचन क्षेत्र सप्तरी–२ को मतगणना सुरू

डिसी नेपाल
५ मंसिर २०७९ १०:४५
304
Shares

सप्तरी। सप्तरी १ र २ को मतगणना सुरु भएको छ । सोमबार बिहान ९ बजेबाट मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिएका छन् ।

मतपेटिका संकलन कार्य मध्यरात सम्पन्न भएको सप्तरी ३ र ४ को मतगणनाका लागि बिहान १० बजे सर्वदलीय बैठक बसी मतगणनाको समय तय गरी आजै गणना सुरु गर्ने निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

सप्तरी १ का लागि कञ्चनपुर, २ का लागि राजविराजमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, क्षेत्र नम्बर ३ का लागि शम्भुनाथ र निर्वाचन क्षेत्र नम्बर ४ का लागि खडक नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा गर्ने मुख्य निर्वाचन अधिकृत रावलले बताएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.