रसुवामा कांग्रेसका आचार्यको फराकिलो अग्रता, एमालेका तामाङ दोब्बर मतले पछि परे

डिसी नेपाल
६ मंसिर २०७९ १७:३९
48
Shares

रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यको अग्रता कायम रहेको छ । पछिल्लो मत परिणामअनुसार २१ हजार सात सय ९२ मतगणना हँुदा आचार्यले १४ हजार एक सय एक मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले) का छोवाङ तामाङले छ हजार छ सय २७ मत प्राप्त गरेका छन् । हालसम्म गणना भएको २१ हजार एक सय ९७ मत गणना भएको मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए । मतगणना कार्य आज रातिसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेकाले सुरक्षा व्यवस्था मजबुत बनाइएको जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले बताए ।

हालसम्म गणना भएको मतमध्ये पाँच सय ९४ मत बदर भएका छन् । रसुवामा ३९ हजार चार सय ५९ मतदाता रहेकामा २८ हजार सात सय १३ मत खसेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.