रसुवामा कांग्रेसका मोहन आचार्यको जित सुनिश्चित

डिसी नेपाल
६ मंसिर २०७९ १८:३३
528
Shares

काठमाडौं । मतगणना नसकिँदै रसुवामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यको जित सुनिश्चित भएको छ । करिब ५ हजार मत गन्न बाँकी रहँदा नेकपा एमालेका छोवाङ तेन्जिन तामाङसँग आचार्यले ८ हजार ८४ मतको अग्रता लिएका छन्।

आचार्यले १५ हजार ४३९ मत पाउँदा तामाङको मत ७ हजार ३५५ रहेको छ। आचार्यले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा  एमालेका जनार्दन ढकाललाई हराएका थिए ।

२८ हजार ३०५ मत खसेको रसुवामा हालसम्म २३ हजार ९२७ मत गणना भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.